Check nearby libraries
Buy this book

तुङदुङ्गे मुन्धुम किरात लिम्बू समुदायको सांस्कृतिक सम्पदा हो। यो किरात समुदायमा विशेष गरी साँबा जातिको पैत्रिक पूजा हो। यसलाई आख्यान भन्न सकिन्छ।
यस पुस्तकमा आख्यालाई ऐतिहासिक पृष्ठभूमिमा खोज्ने काम भएको छ। यहाँ प्रमाण र सिद्धान्तका आधारमा आख्यानको विश्लेषण गरिएको छ। सामाजिक जैविक नमूनाका सैद्धानितक धरातलमा आख्यानलाई तर्किक निष्कर्षमा पुर्याइएको छ।
एक सांस्कृतिक आख्यानमा रहेको तुङदुङ्गे मुन्धुमलाई आख्यान वा परम्परामा मात्र सीमित नराखेर त्यसलाई मानवशास्त्रीय दृष्टिकोणबाट पर्गेल्ने प्रयास अध्ययनमार्फत् भएको छ। यो शोधको प्रारम्मिक समीक्षात्मक स्वरूप एक पुस्तिका र लेखको रूपमा प्रकाशित भैसकेको छ। जसलाई पाठकले अभिरूचीपूर्वक पढेको पाइएको छ। यहाँ उक्त मुन्धुमलाई वस्तुगत आधार र शैद्धान्तिक पृष्ठभूमिलाई गाँसेर थप ब्याख्या गरिएको छ।
इतिहास तथा वंशावलीले साँबा जातिको इतिहास किरात–सेन–साँबासंग गाँसिएको जनाउँछ। यो मुन्धुमले ऐतिहासिक तथ्यहरूलाई समर्थन गरेको पाइन्छ। यो अध्ययन यसैमा केन्द्रीत छ।
यस अध्ययनले हाम्रा सांस्कृतिक सम्पदाभित्र लुकेर रहेका ज्ञान, मूल्य र मान्यतालाई वैज्ञानिक दृष्टिले हेर्न अभिप्रेरित गर्दछ।
यो अध्ययन विभिन्न प्रमाण, आधारभूमि, वंशावली र लिम्बू जातिका विभिन्न मुन्धुम केलाएर विश्लेषण/संश्लेषण गरिएको हुँदा शोधकर्तालाई सहयोगी हुने अपेक्षा गरिएको छ।
Check nearby libraries
Buy this book

Subjects
Mundhuma, Kirati (Asian people), Cultural studiesPlaces
Mewa Khola, Koshi Baraha, KokahaEdition | Availability |
---|---|
1
तुङदुङ्गे मुन्धुम – किरात आख्यान – एक अध्ययन
2023, Hamro Idea, Biratnagar, Nepal
ebook
in Nepali
9937135478 9789937135474
|
aaaa
|
Book Details
First Sentence
"मुन्धुमः किरात जातिको परम्परागत ज्ञान हो।"
Table of Contents
Edition Notes
The Physical Object
Edition Identifiers
Work Identifiers
Links outside Open Library
Community Reviews (0)
October 16, 2023 | Edited by Nawa Raj Subba | Edited without comment. |
October 16, 2023 | Created by Nawa Raj Subba | Added new book. |